श्रावण १ गतेदेखि व्यास गुफा परिसरमा एक महिना अखण्ड हवन हुने
श्रावण १ गतेदेखि व्यास गुफा परिसरमा एक महिना अखण्ड हवन हुने भएको छ । बेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान व्यास २ दमाैलीकाे आयाेजनामा हुने हवन बिहान ७ बजेवाट सुरु भइ श्रावण महिनाभरी सञ्चालन हुने ध्यान्याचार्य खेमराज गुरूले बताए ।

असार २६ गते गुरूपुर्णिमाकाे दिन गुरु पुजन गरी गुरु पुर्ण हवन हुँदै १ गतेदेखि व्यास गुफा परिसरको नवनिर्मित हवन कुण्डमा अनवरत रूपमा अखण्ड / असंख्य हवन हुने प्रतिष्ठानका संरक्षक जय श्रीहरि खेमराज गुरूले जानकारी दिए । यस्तै यसै सिलसिलामा गुरु महिमा , शिव महिमा सँगै महिनाभरी अखण्ड हवन हुने समेत बताइएको छ । हवनबाट गुरु दाेष मुक्ति , पितृ दाेष मुक्ति , कुल दाेष मुक्ति , काल सर्प दाेष मुक्ति , सम्पुर्ण ग्रह दाेष मुक्ति , अकाल मृत्यु सर्व दाेष मुक्ति र आफुले गरेको जिवनभरका सम्पुर्ण कर्म दाेष मुक्ति हुने संरक्षक खेम गुरूले दावी गरे ।


























