भिमादकाे बुडुवा खोलामा बनेको पुल एक महिनामै निर्माण सम्पन्न
भिमाद नगरपालिका वडा नं ३ को वडा कार्यालय नजिकै बुडुवा खोलामा पुल निर्माण भएको छ । पाइल फाउन्डेसन सहितको छोटो-स्प्यान ट्रेल ट्रस ब्रिज निर्माण सुरु भएको एक महिनामै सम्पन्न भइ सञ्चालनमा आएकाे हाे ।

उक्त पुलको असार ३० गते भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुबेदीले उद्घाटन गरी संचालनमा ल्याएका हुन् । लामो समयदेखि बुडुवाखोलामा पुल नहुँदा सास्ती बेहाेरेका स्थानीयले अबदेखि उक्त सास्तीबाट मुक्त भएका छन् । ४० लाखको लागतमा आस्था निर्माण सेवा सुनसरीका ब्यबस्थापक कुशल लिम्बुले उक्त पुल बनाएका हुन् । पुल उद्घाटन कार्यक्रममा नगर उपप्रमुख शारदा खनाल लगायत अन्य जनप्रतिनिधि र स्थानीयकाे सहभागीता रहेको थियो ।


























