बार्दलीबाट खसेर ऋषिङका थापाको मृत्यु

बार्दलीबाट खसेर ऋषिङका थापाको मृत्यु

घरको बार्दलीबाट खसेर ऋषिङ गाउँपालिका वडा नं ८ निवासी ३८ बर्षिय इन्द्रबहादुर थापाको मृत्यु भएको छ ।

आफ्नै घरको बार्दलीबाट खसेका थापाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो । मृतक थापामा क्षारे रोगको समस्या रहेको थियो । थापा एक्कासी ढलेर घाइते भएका थिए । थापाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

घाइते अवस्थामा रहेका थापालाई वडा अध्यक्ष भरतकृष्ण श्रेष्ठले उपचारका लागि एम्बुलेन्समा राखेर पोखरा लगेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page