स्याङ्जा सहयोग समाज कतारले वृहत रक्तदान कार्यक्रम गर्ने
स्याङ्गजा सहयोग समाज कतारले बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ । नेपाली रक्तदाता संघ कतारको समन्वय साथै स्याङ्गजा सहयोग समाज कतारको मातहतमा रहेका इकाई तथा विभागहरुको सह-आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हाे । रक्तदान कार्यक्रम यहि आउदो जुलाई १८ शुक्रबार बिहान ८ बजे देखि दिउँसाे २ बजे सम्म हमाद हस्पिटल (Blood Donor Center) मा हुने गोरखा सेवा समाज कतारको अजिरकोट गाँउपालिका सँयोजक राजु लामाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा उपस्थित भएर तथा योग्य रक्तदाताहरू समेटिदिएर यस पुण्य कार्यलाई सहयोग गरीदिनु हुन स्याङ्जा सहयोग समाज कतारले सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनिहरूमा हार्दिक अनुरोध गरेको छ ।


























