बन्दिपुर अस्पतालकाे सेवा विस्तारकाे माग गर्दै उपाध्यक्ष पञ्चमायाकाे टाेली पुग्यो मन्त्रालयमा
बन्दिपुर अस्पतालकाे सेवा विस्तारकाे माग लिएर बन्दिपुर गाउँपालिकाकाे टाेलि काठमाडौं पुगेको छ । गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरूङकाे नेतृत्वमा काठमाडौं गएकाे टाेलीले स्वास्थ्यमन्त्री प्रदिप पाैडेललाइ भेटी अस्पताल विस्तार लगायतका अन्य माग हरू राखेको छ । उक्त टाेलीमा वडा अध्यक्ष परमेश्वर भट्टराई , वडा सदस्य बिजय राना लगायत रहेका थिए ।

























