रास्वपा सभापति लामिछानेको पक्षमा तनहुँमा २६ हजारकाे हस्ताक्षर

पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको पक्षमा सबैभन्दा बढी हस्ताक्षर गण्डकी प्रदेशमा गरिएको छ। अहिलेसम्म गण्डकी प्रदेशमा २ लाख ७५ हजारभन्दा बढी हस्ताक्षर गरिएको बताइएको छ। देशभरिमा गण्डकी प्रथम हुँदा गण्डकी भित्रकाे तनहुँ तेस्रो स्थानमा रहेको छ । रास्वपा तनहुँका सभापति विश्व वास्ताेलाका अनुसार सबैभन्दा धेरै काश्की र नवलपुर रहेका छन् भने त्यसपछि तेस्रोमा तनहुँ रहेको छ । देशभरि २० लाख भन्दा बढी हस्ताक्षर हुँदा तनहुँमा अहिलेसम्म २६ हजार हस्ताक्षर भएको बास्तोलाले जानकारी दिए ।

जिल्लामा हालसम्म देवघाटमा १५ सय , आवुखैरेनीमा ३८ सय , बन्दिपुरमा १३ सय ५० , भानुमा ३५ सय , व्यासमा ६२ सय , म्याग्देमा १७ सय , शुक्लागण्डकीमा ६१ सय ५० , भिमादमा १५ सय , घिरिङमा ५५ र ऋषिङ्गमा ६५ जनाले हस्ताक्षर गरेको पार्टीका जिल्ला प्रवक्ता एवम् अभियानका संयाेजक अनिल श्रेष्ठले बताए । हस्ताक्षरका सबै फारमहरू हरेक दिन सङ्कलन गरेर अद्यावधिक गर्ने गरिएको भन्दै श्रेष्ठले अभियान जारी रहेको जानकारी दिए ।

हस्ताक्षर अभियानलाई कम्तीमा पनि १०० दिन लम्ब्याउने रास्वपाले लक्ष्य राखेको छ।

























