बन्दीपुर गाउँपालिकाद्वारा उत्कृष्ट १० कर्मचारी सम्मानित

बन्दीपुर गाउँपालिकाद्वारा उत्कृष्ट १० कर्मचारी सम्मानित

तनहुँको बन्दीपुर गाउँपालिकाले उत्कृष्ट १० कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा पर्यटन शाखाका प्रमुख सुरोज भट्टराई, रोजगार शाखाका शरणसिँ गुरुङ, शिक्षा, युवा तथा खेलकुद शाखाकी सिर्जना अधिकारी, आर्थिक प्रशासन शाखाका लेखापाल गगन थापा, महिला तथा बालबालिका शाखाकी कविता पौडेल न्यौपाने, प्राविधिक शाखाका दिपक महतो, वडा नं. २ की वडा सचिव सविना पोख्रेल, वडा नं. ६ का वडा सचिव ललन साह रौनियार, साथै कार्यालयमा कार्यरत मीना रानाभाट र तिल कुमारी थापा रहेका छन् ।

उनीहरूलाई गाउँपालिकाबाट प्रवाह हुने सेवा, विकास निर्माण कार्य र समग्र बन्दीपुरको उन्नयनमा प्रभावकारी योगदान दिएको आधारमा आर्थिक वर्ष २०८१/८२ का उत्कृष्ट कर्मचारीको रूपमा सम्मान–पत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
त्यस्तै, कृषि र उद्यम क्षेत्रमा उल्लेखनीय योगदान दिने उत्कृष्ट कृषकहरू र युवा उद्यमीहरूलाई पनि सम्मान गरिएकाे गाउँपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page