बिपि स्मृति दिवसमा काङ्ग्रेस पार्टी कार्यालयमा रक्तदान र साहित्यिक कार्यक्रम हुने

बिपि स्मृति दिवसमा काङ्ग्रेस पार्टी कार्यालयमा रक्तदान र साहित्यिक कार्यक्रम हुने

बि पि स्मृति दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस तनहुँले आउँदो साउन ६ गते दमौलीमा खुल्ला रक्तदान साथै खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । पार्टी कार्यालय बिपि स्मृति भवनमा बसेको कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

२८ गते बसेको जिल्ला कार्य समिति कार्य सम्पादन समितिको बैठकले ” बर्तमान सन्दर्भमा जननायक बिपि कोइराला ” शीर्षकमा खुल्ला कविता प्रतियोगिता सन्चालन का लागि सचिव सहदेव अधिकारी संयोजक तथा कार्यक्रम , समन्वय र अभिलेख शाखा प्रमुख हुतमणि अधिकारी र सामाजिक सद्भाव समन्वय शाखा प्रमुख सिर्जना तिवारी सदस्य रहनु भएको साहित्यिक उपसमिति गठन गरेको छ ।
साथै उक्त दिन बिहानबिपि स्मृति भवन मा दमौलीमा रक्तदान कार्यक्रम हुने भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page