ऐना पहराकाे लाेकदाेहाेरी कार्यक्रममा आज बद्री पंगेनी र अस्मिता डल्लाकाेटी आउने

ऐना पहराकाे लाेकदाेहाेरी कार्यक्रममा आज बद्री पंगेनी र अस्मिता डल्लाकाेटी आउने

जिल्लाको आँबुखैरेनी गाउँपालिकाको पर्यटकीय गन्तव्यस्थल ऐना पहरामा शनिबार आज लोक दोहोरी कार्यक्रम हुने भएको छ । ऐना पहरामा आज राष्ट्रिय ख्याति प्राप्त चर्चित कलाकार बद्रि पंगेनी,अस्मिता डल्लाकोटी लगायतका एक दर्जन बढी कलाकारहरुको आवागमन हुने बताइएको छ ।

आँबुखैरेनी गाउँपालिका वडा २ र ४ को सिमानामा रहेको ऐना पहरालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गाउँपालिकाले यस किसिमको कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रवेश टिकट शुल्क रु. एक सय निर्धारण गरिएको छ । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुने बताइएको छ । यस अघि गाउँपालिकाले इन्द्रेणी टीमका कृष्ण कँडेल लगायतका कलाकारलाई ल्याएर एक कार्यक्रम गरिसकेको छ । पर्यटकीय क्षेत्र ऐना पहराको पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले गाउँपालिकाले यस्ता कार्यक्रमलाई प्राथामिकता दिदै आएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page