दाेहाेराे भत्ता खाने मध्यनेपाल नगरपालिकाका ५ कर्मचारीलाई मलेपकाे डन्डा !

दाेहाेराे भत्ता खाने मध्यनेपाल नगरपालिकाका ५ कर्मचारीलाई मलेपकाे डन्डा !

मध्यनेपाल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चण्डीका पाैडेल , शेषकान्त पाैडेल , जनस्वास्थ्य निरीक्षक सुर्यप्रसाद पाैडेल , लेखा अधिकृत जीवन शर्मा र सराेज पराजुलीले नियम बिपरित दाेहाेराे भत्ता खाएको भन्दै महालेखाले डन्डा हानेको छ । उनिहरूले दैनिक भ्रमण भत्ताको अवधिमा वैठकमा उपस्थिति गरेर दाेहाेराे भत्ता लिएको महालेखाकाे प्रतिवेदनमा उल्लेख छ ।

भ्रमण खर्च नियमावलीको दफा ७ को उपदफा ११ मा सरकारी कामको सिलसिलामा भ्रमणमा रही दैनिक भ्रमण भत्ता उपयोग गर्ने पदाधिकारी वा कर्मचारीले दैनिक भ्रमण भत्ता उपयोग गरेको अवधिभर फिल्ड भत्ता, बैठक भत्ता, तालिम भत्ता, स्थानीय भत्ता वा अन्य कुनै किसिमको भत्ता नपाउने व्यवस्था रहेको छ। कार्यालयका ती कर्मचारी दैनिक भ्रमणको अवधिमा बैठक बसी वैठकमा हस्ताक्षर गरेकोले उक्त समयमा भ्रमण अवधिमा रहेको बुझिदैन। यसरी कार्यालयमा नै रही भ्रमण काज भरी भत्ता भुक्तानी भएकोले वैठकमा उपस्थित रहेको दिनको दैनिक भ्रमण भत्ता रकम सम्बन्धितबाट असुल गर्नुपर्ने रु ११,६०० देखिएको उल्लेख छ ।

यस्तै कार्यालय समयमा बैठक बसेर नियम बिपरित सुर्यप्रसाद पाैडेल र जीवन शर्माले भत्ता लिएको देखिएको मलेपले जनाएको छ । गण्डकी प्रदेश खर्चको मापदण्ड २०८० को परिच्छेद २ मा बैठक भत्ता प्रदान गर्ने आधार र मापदण्ड सम्बन्धि व्यवस्था रहेको छ । जसअनुसार सार्वजनिक बिदाको दिन या कार्यालय समय भन्दा अघि वा पछि बसेको वैठकका मात्र बैठक भत्ता पाइने व्यवस्था रहेकोमा पालिकाको मिति २०८०।७।२२ गते दिनको २ बजे नगरपालिकामा हेल्थ असिसटेन्ट पदको पदपूर्तिको लागि बैठक वसी उक्त अवधिको बैठक भता भुक्तानी भएकोले कार्यालय समयमा बसेको वैठकको वैठक भत्ता असुल गर्नुपर्ने रु २५५० उल्लेख गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page