खुडा देखाउने भानुका पार्टी सदस्य लौडारीलाई बैशाखमै रास्वपाले गरेको थियो कारबाही

धारिलो हतियार खुडा देखाएर आतंक मच्चाउने राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका नेता एवम् भानुका पार्टी सदस्य प्रकाश लौडारीलाई पार्टीले बैशाखमै कारबाही गरेको खुलेको छ ।
शुक्रबार राती डरलाग्दो हतियार देखाएर लौडारीले स्थानीयलाई आतंक मच्चाएको आराेपमा उनी पक्राउ परेका थिए । भानु नगरपालिका–१३ चन्द्रावती निवासी लौडारीले स्थानीय भानु नगरपालिका–१२ निवासी बलराम अधिकारी र भानु नगरपालिका–१३ निवासी अशोक अधिकारीलाई घरमै पुगेर खुडा देखाएर मार्छु भनेर आतंक मच्चाएका थिए । साेही बिषय बाहिर आएपछी उनलाई पार्टीमा तरंग उत्पन्न भएको थियो । रास्वपाका सचिव पदमराज न्याैपाने द्वारा २०८२/१/७ मा हस्ताक्षरित पत्रमा भनिएको छ –

तनहुँ जिल्ला भानु नगरपालिका वडा नं. १३ पार्टी सदस्यता नम्वर TAN 1क 000010523 का श्री प्रकाश लौडारीले पार्टीको मर्म र हित विपरित पार्टी र पार्टी नेतृत्व विरुद्ध अनावश्यक गालिगलौज तथा अमर्यादित व्यवहार गर्ने र वारम्वार सामाजिक संजालमा मार्फत गलत मनसाय राखी अवाञ्छित भ्रामक कपोकल्पित पोष्टहरु गर्ने गरेको हुँदा निजलाई पार्टीको सदस्यवाट हटाईदिनुहुन अनुरोध छ ।

वोधार्य – केन्द्रिय अनुशासन आयोग ।
केन्द्रिय संगठन विभाग ।
पदमराज न्यौपाने सचिव राष्ट्रिय स्वतन्त्र पार्टी,

यस सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व वास्ताेलाले लाैडारी हाल पार्टीको सदस्य नैँ नरहेको र याे घटना घट्न भन्दा पहिलेनै उनलाई कारबाही गरि सदस्यता खारेज भइसकेको हुँदा पार्टीको नेता , कार्यकर्ता भनेर ट्याग लगाउनुकाे कुनै तुक नभएको बताए ।

























