रास्वपाले रूपन्देहीमा बैज्ञानिक र पारदर्शी ढंगले उम्मेदवार छनाेट गर्छ – उपसभापति वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले रूपन्देही–३ मा उम्मेदवार छनोटको विधी वैज्ञानिक र पारदर्शी ढंगले हुने बताएका छन् । उपसभापति वाग्लेले कुनै नेता विशेषले टिका लगाइदिएर हाम्रो उम्मेदवार नआउने दावी गरे । बकाइदा प्रक्रियाबाट आउनेवाला छ,’ उनले भने, ‘साउन ७ देखि साउन २१ गतेसम्म हामीले आह्वान नै गरेका छौं। इच्छुक, अब्बल, रूपन्देही–३ मा गएर लड्छु भन्ने सबै नेपालीलाई खुला छ।’ नेता विशेषको हातबाट टिका लगाइदिएर कसैलाई उम्मेदवार नबनाइने उनको भनाइ छ । शनिबार रूपन्देही पुगेका उनले उपनिर्वाचनलाई लक्ष्य गरेर मंगलबार रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान पनि चलाउने बताएका छन्।

साउन २१ पछि उम्मेदवार छनोटको प्रक्रिया सुरू हुने उनले बताए। लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता हुँदै अन्तिममा प्रारिम्भक निर्वाचन पनि गरिने उनले बताए।

‘लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता हुँदै अन्तिममा प्रारिम्भक निर्वाचन पनि गर्छौं। भदौ १५ गते उम्मेदवारको घोषणा पनि हुनेछ,’ उनले भने।
रूपन्देही–३ मा संगठन विस्तार अभियान पनि चलाइने उनले बताए। रूपन्देही–३मा कात्तिक १७ गते उपचुनाव हुँदैछ।

























