ऋषिङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अंगाइ नेतृत्वको टाेलिले गर्याे स्वास्थ्य संस्थाको निरीक्षण

ऋषिङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अंगाइ नेतृत्वको टाेलिले गर्याे स्वास्थ्य संस्थाको निरीक्षण

तनहुँकाे ऋषिङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाइको नेतृत्वकाे कर्मचारी टाेलिले स्वास्थ्य संस्था निरीक्षण गरेको छ । गाउँपालिकाको वडा नं. ६ मा अवस्थित जैसीहटिया आधारभूत स्वास्थ्य सेवा केन्द्र र ढुङ्गाडे स्वास्थ्य सेवा केन्द्रको प्रमुख प्रशासकिय अधिकृत अंगाइ नेतृत्वकाे टाेलिले स्थलगत निरीक्षण गरेकाे हाे ।

गाउँपालिका भित्रका स्वास्थ्य सेवा केन्द्रहरूको अवस्था, सेवा प्रवाहको गुणस्तर र आवश्यक सुधारका क्षेत्रहरूबारे प्रत्यक्ष जानकारी लिन सहयोग पुगाेस भनेर सेवा केन्द्रहरूको निरीक्षण गरिएको प्रमुख प्रशासकीय अधिकृत अंगाइले बताए। गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन यस किसिमको अनुगमनले सहयोग पुग्ने अनुगमन टाेलीले विश्वास लिएको छ । कुशल प्रशासककाे छवि बनाएका अंगाइले ऋषिङ गाउँपालिकामा आएपछी विभिन्न रचनात्मक कामहरू गर्दै आएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page