सुन चाेरेकाे आराेपमा व्यासका विशाल , सरिता र साहिदा पक्राउ
इलाका प्रहरी कार्यालय मुग्लिङले ठुलाे परिमाणमा सुन सहित ४ जना पक्राउ गर्न सफल भएकाे छ ।
चितवनकाे इच्छाकामना गाउँपालिका वडा न ५ मुग्लिङ बजार स्थित रहेको भागीरथी होटलमा २ दिन अगाडि देखी कोठा लिइ बसेका व्यक्तिहरू विवाद गरेका छन् भन्ने जानकारी पछि प्र स नि द्वारिका खवासकाे कमान्डमा गएको टोलिले चोरीको सामान सहित ४ जनालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं १० बस्ने वर्ष ३० को रवि बि क ,तनहुँ स्थित व्यास नगरपालिका वडा नं २ बस्ने वर्ष १९ को विशाल थापा, वडा न ६ बस्ने वर्ष १८ कि सरिता परियार र वडा न २ बस्ने वर्ष ३४ को साहिदा खान रहेका छन् ।

उनिहरूकाे साथबाट मिनी सेफ , लगेज , लेडिज झोला ३ वटा , क्रिस्टल माला थान १ (एक), घडी दुई थान ,बराही सुनचाँदी पसल लेखिएको खोल तथा सो भित्र थैलीमा रहेको ३ दाना मुगा माला,रातो पहेँले बक्स भित्र रहेकोमुँगा,यिउ र सुनजस्तो पहेलो धातुको कण्ठ जडित माला १(एक) थान, रातो रंगको पोतेमा जडित सिनजस्तो पहेलो धातुबाट बनेको ९ वटा गेडी भएको नौगेडी माला १(एक) थान, हरियो पोतेमा जडित सुनजस्तो पहेलो धातुबाट बनेको छड्के तिलहरी १ (एक) थान, पोखरा बराही ज्वेलर्स प्रा.लि. लेखिएको रातो सेतो बक्स भित्र निलो रंगको गुरुङ गहना प्रा.लि र पहेलो रंगको पोखरा सुनचाँदी पसल लेखिएको बट्टा रहेको सो मध्ये पहेलो रंगको बट्टा खालि रहेको र निलो रंगको बट्टामा सुनजस्तो पहेलो धातुबाट बनेको शिरमा लाउने चन्द्रमा, बाला, १/१ थान, सुनजस्तो पहेलो धातुबाट बनेको औँठी २(दुई) थान, सुनजस्तो पहेलो धातुबाट बनेको टप १ (एक) जोडी, रातो पहेलो लाम्चो बक्स भित्र रहेको सुनजस्तो धातुबाट बनेको हातको बाला १ (एक) थान, कानमा लागउने टप १ (एक) जोडी, बेरुवा औठी र सादा औठी १/१ थान कालो रंगको पोतेमा सुनजस्तो पहेलो धातु जडित मंगलशुत्र १(एक) थान फेला परेको छ ।पक्राउ परेका चारैजनालाइ थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी ल्याइएको छ।
























