ऐनापहरामा बस पल्टिँदा ३ जना घाइते
तनहुँकाे ऐनापहरामा बस पल्टिँदा ३ जना घाइते भएका छन् । गाेर्खा नारायणगढकाे बस ऐनापहरामा नुहाउन राेकेकाे र व्याक गरेर निस्कने क्रममा ब्रेक नलागेर खाल्डोमा पल्टिएको बताइएको छ । बसमा सबै यात्रु नचढिसकेकाे र केही यात्रु हामफालेकाेले धेरै क्षति हुन नपाएको उद्धारमा संलग्न स्थानीयले बताएका छन् । बसमा ७/८ जना मात्रै यात्रुहरू रहेका थिए । ग २ ख १०७७ नम्बरको बस दुर्घटना भएको हाे ।

दुर्घटनामा घाइतेहरूलाइ आवुखैरेनी अस्पतालमा उपचारको लागि लगिएको छ ।

























