मोहर’ फिल्मको प्रचारका लागी दमौली आए पल शाह
दमौली २० साउन । साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’ को प्रचारमा नायक पल शाहकाे टिम दमाैली आएकाे छ ।

फिल्म माेहरको टिम सोमबार तनहुँको दमौली स्थित क्युएफएक्स हलमा पत्रकारहरुसँग फिल्मको विषयमा साक्षात्कार गरेका छन । क्युएफएक्स हलमा फिल्मका कलाकार सहितको टिम आएका हुन् ।

देउकी प्रथामा आधारित रहेर तयार पारिएको यो फिल्ममा पल र बेनिशाको साथमा नीति शाह, अर्जुनजंग शाही, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ ।
फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्मको ट्रेलर, टिजर र दुई गीतलाई दर्शकले मन पराइसकेका छन् । फिल्म मेकर्स प्रालिको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।
























