न्यु भिजन युथ क्लब जामुनेले भदौ १० र ११ गते तीज गीत तथा नृत्य प्रतियोगिता गर्ने

न्यु भिजन युथ क्लब जामुनेले भदौ १० र ११ गते तीज गीत तथा नृत्य प्रतियोगिता गर्ने


साउन २० , न्यु भिजन युथ क्लब जामुनेले भदौ १० र ११ गते तीज गीत तथा नृत्य प्रतियोगिता गर्ने भएको छ ।
हरेक बर्स जस्तै यस बर्स पनि हरितालिका तीजको अवसरमा १० र ११ गते तेर्हौ खुला तीज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । विकृतिलाई तिरस्कार गरौ संस्कृतिको जगेर्ना गरौ भन्ने मुल नाराका साथ दुई दिन हुने प्रतियोगितामा प्रथम हुनेलाई रु २२ हजार दुई सय २२, द्वितीय हुनेलाई रु १३ हजार तीन सय ३३ र तृतीय हुनेलाई रु सात हजार सात सय ७७ पुरस्कार राखिएको छ ।

यस्तै नृत्यतर्फ प्रथम हुनेलाई रु ६ हजार ६ सय ६६, द्वितीय हुनेलाई रु ४ हजार ४ सय ४४ र तृतीय हुनेलाई रु २ हजार २ सय २२ प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।फाइल फाेटाे

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page