सेती बुल्दी घाट दमाैलीमा अब युराेगार्डकाे शुद्ध पानी खान पाइने

सेती बुल्दी घाट दमाैलीमा अब युराेगार्डकाे शुद्ध पानी खान पाइने

दमौली/२१ साउन

व्यास ३ स्थित सेती बुल्दी दाेभान दमाैली घाटमा यूरोगार्डबाट फिल्टर गरिएको पानी पिउन पाइने भएको छ। विभिन्न व्यक्ति तथा संघसंस्थाहरूकाे सहयोगमा घाटमा शुद्ध पिउने पानीको प्रवन्ध मिलाइएको सेती बुल्दी दाेभान दमाैली घाट व्यवस्थापन समितिका अध्यक्ष टुकबहादुर हमालले बताए ।

व्यास २ स्थित सत्यवती टाेल बिकास संस्थाका अध्यक्ष एवम् दमौली घाट व्यवस्थापन समितिका सदस्य सु नेत्रबहादुर बस्नेतले युराेगार्ड सहयोग गरेको अध्यक्ष हमालले बताए । सुवेदार साहेबले ३६ हजार बराबरको युराेगार्ड उपलब्ध गराउनुभएकाे छ उनलेे भने । यस्तै समितिका सह सचिव केशु कुमारी रानाबाट खानेपानी धारा जडान खर्च बापतकाे २३ हजार ६ सय २६ रूपयाँ सहयोग प्राप्त भएको छ। सामाजिक कार्यमा सकृय रानाले घाटमा खानेपानी जडान गरे वापत लाग्ने शुल्क सहयोग गरेको समितिले जनाएको छ ।

यसैगरी तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले करिब १९ हजार रुपयों पर्ने पाँच सय लिटरको ट्याङ्की सहयोग गरेको सेती बुल्दी दोभान दमौली घाट व्यवस्थापन समितिले जनाएको छ। घाटलाई थप व्यवस्थित गर्दै आवश्यक कार्य अगाडि बढाइने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page