लियो क्लब अफ तनहुँ निर्मल अल्फाको सातौं स्थापना दिवस सम्पन्न
दमौली, श्रावण २३
तनहुँको व्यास नगरपालिका -१ स्थित निर्मल माध्यमिक विधालयमा कार्यरत लियो कलब अफ तनहुँ निर्मल अल्फाले दिप प्रज्वलन कार्यक्रम गरि संस्थाको सातौं स्थापना दिवस बिहिवार मनाएको छ।

कार्यक्रम लियो सुरज आलेको अध्यक्षतामा तथा लायन्स डिष्ट्रिक GLT कोडिनेटर लायन कृष्णहरि गौरेको प्रमुख आतिथ्यतामा दीप प्रज्वलन गर्दै सुरु गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गैरेले लियो क्लब अफ तनहुँ निर्मल अल्फा जिल्ला परिषद् ३२५ याल नेपालको एकमात्र लियो अल्फा रहेको उल्लेख गर्दै लियो क्लब अफ तनहुँ निर्मल अल्फाले गरेका विगत र अहिलेका कार्यहरू सम्मान योग्य रहेको उल्लेख गरे। गैरेले लियो क्लब अफ तनहुँ निर्मल अल्फाले विद्यार्थीको नेतृत्व विकास र विद्यार्थी माझ सेवाभावको विकास गरेको बताए ।
कार्यक्रममा लायन्स क्लब अफ तनहुँकी अध्यक्ष लायन सरिता भण्डारी, जोन १३ का जोन चेयरपर्सन लायन पवित्रा खनाल, लियो क्लब अफ तनहुँका अध्यक्ष लियो रोबिन श्रेष्ठ लगायत क्लबका अन्य पदाधिकारीहरू, लियो क्लब अफ तनहुँ निर्मल अल्फाकी संस्थापक अध्यक्ष लियो सुस्मिता चौधरी, संस्थापक सदस्य लियो सुन्दर श्रेष्ठ, पूर्व अध्यक्ष लियो पविना न्यौपाने, निवर्तमान अध्यक्ष लियो सुशील लामगादे बिक तथा क्लबका विभिन्न पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थापना दिवसको अवसरमा क्लबले विगतका उपलब्धिहरूको समिक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी सामाजिक र नेतृत्व विकासका कार्य गर्ने प्रतिबद्धता जनाएको छ।
























