इस्कोन दमौली शाखाले श्रीकृष्ण जन्माष्टमी महामहोत्सव गर्ने

इस्कोन दमौली शाखाले श्रीकृष्ण जन्माष्टमी महामहोत्सव गर्ने


दमाैली साउन २२ ,
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) दमौली शाखाको आयोजनामा श्रीकृष्णजन्माष्टमी महामहोत्सव गरिने भएको छ । श्रीकृष्ण जन्माअष्टमीको अवसर पारेर व्यास नगरपालिका वडा नं.३ देउराली नगर (रेडक्रसको भवन) मा रहेको संघले तनहुँ उद्योग बाणिज्य संघको भवनमा कार्यक्रम गर्न लागेको अध्यक्ष रविलाल थापाले बताए । श्रावण ३१ गते शनिबार दिउसो ११ बजेदेखि राती १२ बजेसम्म कार्यक्रम हुने अध्यक्ष थापाको भनाई छ । कार्यक्रमको अवसरमा हरिनाम संङ्कीर्तन सहित राध कृष्णको रथ यात्रा ,कृष्ण कथा,कृष्ण लिला, कृष्ण झुला, औपचारिक कार्यक्रम राति १२ बजे अभिषेक, दीपदान, प्रसाद वितरण लगायतका कार्यक्रम हुने संघका कोषाध्यक्ष प्रमोद न्यौपानेले वताए ।

४ बेद १८ पुराणका रचयिता वेदव्यास एवम् पराशर क्षेत्रलाई विश्वमाझ प्रचारप्रसार एवं आध्यत्मिक जागरणको लागि कार्यक्रम गर्न लागिएको संघका सदस्य लक्ष्मी गुरुङले बताइन्। संघले यस वर्षको श्रीकृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण भक्तजनमा आग्रह समेत गरेको छ । गत बर्ष झै यस बर्ष पनि कष्णजन्माष्टमी महा महोत्सव गर्न लागिएको र यसले दमौली लगायत आसपासका ठाउँहरुमा आध्यात्मिक जागरण फैलाउन टेवा पुग्ने इस्कोनका सचिव निरन्तर प्रभु जिले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page