१ वर्षे उत्कृष्ट कार्यकाल पूरा गरि एसपी शाहीकाे साइबर व्युराेमा सरूवा
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक एसपी वीरेन्द्रबहादुर शाहीको सरुवा भएको छ ।
एक वर्ष १७ दिन तनहुँको कमाण्ड सम्हालेर शाही साइबर व्युरो अनुसन्धान शाखा काठमाडौं सरूवा भएका हुन् । प्रहरी प्रधान कार्यालयले मंगलबार नौ जना एसपीको सरुवा गर्दा शाहीकाे काठमाडौं सरूवा भएको हाे ।

उत्कृष्ट छवि, अटुट इमान र दृढ नेतृत्वका लागि चिनिएका शाहीको तनहुँ बसाइ बिवाद रहित रह्यो । शाहीले संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सदैव सफा छवि, निष्पक्ष निर्णय र परिणाममुखी कार्यशैलीसहित पूरा गरेका छन्। कुनैपनि विवादमा नपरी, केवल आफ्नो काम र कर्मको बलमा संगठनभित्र विश्वासिलो नाम कमाएका उनी सहकर्मी र अधीनस्थहरूमा समान रूपमा प्रेरणादायी मानिन्छन्।

तनहुँमा अब प्रदेश प्रहरी कार्यालय पोखराबाट टेकबहादुर केसी आउने भएका छन् ।
























