एसपी शाही द्वारा जिल्ला प्रहरी कार्यालय भित्र पुस्तकालयकाे स्थापना
साउन २८ तनहुँ , जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक एसपी वीरेन्द्रबहादुर शाहीले पुस्तकालय स्थापना गरेका छन् । एसपी शाहीले जिल्ला प्रहरी कार्यालय हाताभित्र पुस्तकालयकाे स्थापना गरेका हुन् । विभिन्न कामको सिलसिलामा प्रहरी कार्यालयमा आउने जाेकाेही व्यक्तिहरूलाइ पनि पुस्तक पढ्न पाइने गरि पुस्तकालय स्थापना भएको हाे । पुस्तकालयमा विभिन्न लेखकहरूले लेखेका सयौं पुस्तकहरू राखिएका छन् । सहयोगी संघसंस्था तथा व्यक्तित्वहरूकाे सहयोगमा पुस्तकालयकाे सुरुवात गरिएको एसपी शाहीले बताए ।

एक वर्ष १७ दिन तनहुँको कमाण्ड सम्हालेर हिजोमात्रै साइबर व्युरो अनुसन्धान शाखा काठमाडौं सरूवा भएका उनलेे जिल्लामा अन्य थुप्रै विभिन्न नमुना काम गरेका छन् । उनलाई विवादरहित अब्बल एसपीकाे रूपमा हेरिन्छ ।

उत्कृष्ट छवि, अटुट इमान र दृढ नेतृत्वका लागि चिनिएका शाहीको तनहुँ बसाइ बिवाद रहित र उत्कृष्ट रहेकाे आम तनहुँ बासिकाे विश्लेषण छ। शाहीले संवेदनशील र चुनौतीपूर्ण जिम्मेवारीहरू सदैव सफा छवि, निष्पक्ष निर्णय र परिणाममुखी कार्यशैलीसहित पूरा गरेका युवा संघका नेता अजित पन्थ बताउँछन् । कुनैपनि विवादमा नपरी, केवल आफ्नो काम र कर्मको बलमा जिल्ला चलाएर विश्वासिलो नाम कमाएर एसपी साव सरूवा हुनुभयो पन्थ भन्छन् ।
























