डुम्रेमा माइक्रो र बस ठाेक्किँदा भएको दुर्घटनामा चालक सहित ४ गम्भीर र ९ जना सामान्य घाइते

डुम्रेमा माइक्रो र बस ठाेक्किँदा भएको दुर्घटनामा चालक सहित ४ गम्भीर र ९ जना सामान्य घाइते

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर-४ डुम्रे बजार नजिकै इभी माइक्रो र बस एक आपसमा ठोक्किएर दुर्घटना भएकाे छ । दुर्घटनामा गम्भीर घाइते ४ जनाको पोखरा मणिपाल र ८ जना घाइतेको सिएमसी चितवन तथा १ जना लाइ दमौली रत्नहरि लगिएको छ ।

दुर्घटनामा माइक्रोमा च्यापिएका चालक र केहि यात्रुलाई प्रहरीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख बिरेन्द्र बहादुर शाहीका अनुसार दुईवटा सवारीसाधन ठाेक्किँदा माइक्रोमा भएका पेसिन्जर गम्भीर घाइते भएका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page