क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स दमाैली शाखाकाे वर्ष नायक बने तिवारी

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स दमाैली शाखाकाे उत्कृष्ट एजेन्सी पुरस्कारबाट व्यास १३ निवासी बलराम तिवारी सम्मानित भएका छन् । बिहिवार कार्यालयमा तिवारीलाई शाखा प्रमुख सुनिता थापाले खादा तथा प्रमाणपत्र सहित सम्मानित गरेकी हुन् । तिवारीलाइ पोलिसी र प्रिमियम सङ्कलनको उच्चतम संख्याको आधारमा प्राेत्साहन स्वरूप सम्मान गरिएको शाखा प्रमुख थापाले जानकारी दिइन् ।

इन्स्योरेन्सकाे वर्ष नायक बनेका तिवारी कृषक हुन् । बेलवासमा गाइपालनमा व्यस्त मेहेनती तिवारीले बेलवास डेरी समेत हेर्ने गर्दछन् । त्यहीँबाट निस्केको समय सदुपयोग गर्दै तिवारी इन्स्योरेन्समा आबद्ध भएर वर्ष नायक बन्न सफल भएका हुन् ।


























