भानुकाे मेयर म हाे, मन्त्रीले मेरो हाकिम सरूवा गरेर हुँदैन- नगर प्रमुख त्रिपाठी

भानुकाे मेयर म हाे, मन्त्रीले मेरो हाकिम सरूवा गरेर हुँदैन- नगर प्रमुख त्रिपाठी

मितव्ययी हाकिमले चिनिएका भानु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारीले पदीय जिम्मेवारी सम्हालेकाे ७ महिना भएको छ । उनको यति छाेटाे समयमा हुन लागेको सरूवाकाे हल्लाले नगरप्रमुख आनन्द राज त्रिपाठी आक्राेसित भएका छन् । नगर प्रमुख त्रिपाठी भन्छन् यहाँको मेयर म हाे , अनि अरूको मनलाग्दीले हुन्छ ? यति राम्रो काम गर्ने हाकिमलाई लखेटेर अनि कस्तो हाकिम ल्याउने चलखेल हाे ? अनि अरूले ल्याएको हाकिमलाई मैले हाजिर गराइदिनुपर्ने ? अहिलेका हाकिम पठाएर अर्को हाकिम सरूवा गरेर पठाए हाजिर गराउन सक्दिन ! मेरो अहिलेकै हाकिम सँग कामको स्प्रिट मिलेको छ । कर्मचारी एकठाउँमा दुई वर्ष बस्न पाउने प्रावधान हुन्छ , अनि त्यसलाई लत्याएर कसको चलखेलमा सात महिनामै हटाउने याे हल्ला हुँदैछ ? म पनि हेर्छु ।

कामले गति लिइरहेको बेला , गुरूयाेजना सहित अगाडि बढेको बेला छिटोछिटो प्रमुख फेरेर स्वयं मन्त्री ज्युलाइ पनि फाइदा हुँदैन , याे उहाँ आफ्नैँ पालिका पनि हाे , प्रमुख त्रिपाठीले भने । सँगसँगै मेयर त्रिपाठीले भने कार्यकारीले नगरपालिका चलाउने हाे , कसैको पार्टी , कसैको इशारामा चलाउने हाेइन । नगरपालिकाकाे काम याेजनाका साथ चलाउने उहाँमा तिव्र हुटहुटी छ , यत्तिको हाकिम न त भानु नगरपालिकाले अहिलेसम्म पाएको थियो न त अब पाउँछ ! इमानदार , लगनशील र मेहेनती हाकिम भनेर अहिले समग्र भानुबासीले मुल्यांकन गरिरहेका बेला एकाएक आएकाे सरूवाकाे हल्लाले भानुबासीहरू चिन्तित भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page