दमाैलीकाे ज्ञानबाटिका मन्टेश्वरीमा श्रीकृष्ण जन्माष्टमी पर्व उल्लासपूर्वक मनाइयो

दमाैलीकाे ज्ञानबाटिका मन्टेश्वरीमा श्रीकृष्ण जन्माष्टमी पर्व उल्लासपूर्वक मनाइयो

दमाैली, ३१ श्रावण । ज्ञानवाटिका मन्टेश्वरी व्यास ३,दमाैलीमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्व २०८२ उल्लासपूर्ण रूपमा मनाइएको छ।
विद्यालयमा आयोजित विशेष कार्यक्रममा बालबालिकाले श्रीकृष्ण तथा अन्य पौराणिक पात्रको आकर्षक पोशाकमा सजिएर विभिन्न रमाइला गतिविधि तथा शैक्षिक प्रस्तुती प्रस्तुत गरेका थिए।
कार्यक्रमले बालबालिकाको सिर्जनात्मकता र धार्मिक चेतनालाई प्रोत्साहन दिएको मन्टेश्वरीका सञ्चालक कमला पौडेलले बताइन् ।
पाैडेलका अनुसार यस्तो प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक चेतना र आत्मविश्वास अभिवृद्धि गर्न सघाउने अपेक्षा गरिएको छ।


मन्टेश्वरीले यस अगाडि पनि विभिन्न चाडपर्वका सन्दर्भ पारेर पुरानो संस्कार र संस्कृतिकाे बारेमा ज्ञान दिने गरेको छ । घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गर्दै आएकाे मन्टेश्वरीले नयाँनयाँ ट्रेण्ड ल्याइरहेकाे छ । हामीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेका छाैँ भन्दै सञ्चालक पाैडेलले मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरु पढाइ लेखाइका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल हाेउन् भनेर यस्तो अभ्यास गर्दै आएकाे बताइन् ।नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुने ज्ञानबाटीकामा पढ्ने र पढाउने भन्दा पनि सिक्ने र सिकाउने शिक्षण विधि अपनाएको प्रिन्सिपल दिलु थापाले बताइन् । थापाले बालबालिकाको बालमनोबिज्ञानलाई मध्यनजर गरी सिकाउने गरिएको भन्दै घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरीमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाको सिकाइ क्षमता विकास गरीएकाे बताइन् ।

विद्यालय स्तरको पढाइ सुरु हुनुभन्दा पहिले बालबालिकालाई सिकाउन अपनाइएको उक्त मन्टेश्वरी सिकाइले बालबालिकामा बौद्धिक, सामाजिक र मनोवैज्ञानिक विकासमा सहयोग पुऱ्याउने जानकारी उनलेे दिइन् ।

बालबालिकाको रुचि र चाहना अनुसार सिकाएर उनीहरुलाई पढाइप्रति आकर्षित गर्ने परम्परा र आधुनिक विधि पद्धतिबाट सिकाइ गरिने भएका कारण अहिले ज्ञानबाटिका धेरैको रोजाइमा परेको मात्रै नभइ यसमा अभिभावकको आकर्षण समेत बढ्दो रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page