जनजुक्त शाही मावि पूर्व विद्यार्थी मञ्चको साधारण सभा सम्पन्न
दमौली, भाद्र १ गते
तनहुँको व्यास नगरपालिका–५ साँगे, नेपालटारमा रहेको जनजुक्त शाही माध्यामिक विद्यालय पूर्व विद्यार्थी मञ्चको दोस्रो साधारण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ ।

साधरण सभाको विद्यालयका संस्थापक विद्यार्थी तथा विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य हरिशरण पण्डितले उद्घाटन गर्दै साँगे क्षेत्रको लागि यस माध्यामिक विद्यालय शिक्षा र सभ्यता विकासको कोशे ढुङ्गा सावित भएको बताए । विद्यालय स्थापना देखि भए गरेका विकास निर्माणको संक्षेपमा उल्लेख गर्दै पण्डितले विद्यालयको सवाङ्गीण विकासमा पूर्व विद्यार्थी मञ्चले अझै योगदान पु¥याउनु पर्ने बताए । साथै उनले व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र पूर्व विद्यार्थी मञ्चबीच सहकार्य र एकता भएका विद्यालय र त्यस क्षेत्रको समग्र विकासमा योगदान पुग्ने बताएका थिए ।
कार्यक्रम मञ्चका अध्यक्ष प्रकाशराज वाग्लेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा मञ्चका सस्थापक अध्यक्ष भाग्यशाली ढुंगाना, निबर्तमान अध्यक्ष बलराम वाग्ले, सदस्य जगतबन्धु वाग्ले लगायतले पूर्व विद्यार्थी मञ्चको एकताका लागि वनभोज, अक्षयकोष, विद्यार्थी सम्मान जस्ता कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सचिव जनकराज काफ्लेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष अनुपकला न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

























