भाद्र १४ गते दमाैलीमा हुने जेसीजकाे कार्यक्रममा ८ सय जना आउने

भाद्र १४ गते दमाैलीमा हुने जेसीजकाे कार्यक्रममा ८ सय जना आउने

भाद्र १४ र १५ गते नेपाल जेसीज क्षेत्र “ख” सम्मेलन दमौलीमा हुने भएको छ । जेसीआई व्यासनगरको आतिथ्यतामा उक्त कार्यक्रम हुन लागेको शनिबार दमाैलीमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । 
पत्रकार सम्मेलनमा निर्देशक सुरेश पुरीले ३१ वर्षको यात्रामा विभिन्न सामाजिक,सांस्कृतिक, शैक्षिक र नेतृत्व विकास अभियानमा अग्रणी भूमिका खेल्दै आएको बताए । पुरीले भने ,जेसीआई व्यासनगरले यसअघि पनि २०१० मा क्षेत्र “ख” सम्मेलन र २०१५ मा नाम लोम लिडर्स एकेडेमी जस्ता महत्वपुर्ण कार्यक्रम सम्पन्न गरिसकेको छ । यस पटकको सम्मेलनले तनहुँ जिल्लाको पर्यटन, संस्कृति र व्यवसायिक सम्भावनालाई राष्ट्रिय स्तरमा परिचित गराउने अपेक्षा गरिएको उनले बताए । 
दुईदिने सम्मेलनमा नेपाल जेसीज क्षेत्र “ख” अन्तर्गतका ४२ शाखाका प्रतिनिधि, राष्ट्रिय पदाधिकारी, पूर्व अध्यक्षहरु, अन्य क्षेत्रका शाखा पदाधिकारी तथा देशभरका युवा नेतृत्व गरी करिब ८ सय जना सहभागी हुने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा कार्यक्रमको उदघाटन हुने वर्ष २०२५ का अध्यक्ष सुमित ढुङ्गानाले बताए । उक्त सम्मेलनमा नीति–निर्णयका साथै कला–संस्कृति विनिमय, पदयात्रा, स्थानीय परिकारको प्रदर्शन र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ । 
नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले सम्मेलनले क तनहुँको धार्मिक र पर्यटन प्रर्वधनमा टेवा पुग्ने विश्वास लिएको बताए । कार्यक्रमको सहजिकरण माधव न्यौपानेले गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page