आदिकवि भानुभक्त क्याम्पसकाे अध्यक्षमा ५ जनाको चर्चा

आदिकवि भानुभक्त क्याम्पसकाे अध्यक्षमा ५ जनाको चर्चा


आदिकवि भानुभक्त क्याम्पस व्यास-१, विज्ञानचौर, दमौली तनहुँको भाद्र १८ गते बुधबार साधारण सभा एवं अधिवेशन हुने भएको छ । अधिवेशन नजिकिँदै जाँदा अध्यक्षका प्रत्याशीहरूकाे चर्चा सुरु भएको छ । अहिलेसम्म अध्यक्ष हुन ५ जनाले इच्छा देखाएको बुझिन आएकाे छ । यद्यपि उल्लेखित ५ जना बाहेककाे पनि दावी रहनसक्ने संभावना उत्तिकै छ ।

अध्यक्षमा खासगरी हालका अध्यक्ष बुद्धिमान श्रेष्ठ देखि उपाध्यक्ष खरसिँह दरै सहित लक्ष्मीभक्त खनाल , राजु दाहाल र केशबहादुर सुनारकाे चर्चा रहेको छ । ती मध्येका केही अध्यक्षका इच्छुकहरूलेत भित्र भित्र प्रचारप्रसार , भेटघाट लगायतमा सक्रियता बढाइसकेका छन् ।

यता क्याम्पसले क्याम्पस सञ्चालन समिति निर्वाचनमा भाग लिने प्रयोजनका लागि भाद्र ५ गतेसम्म क्याम्पस साधारण सदस्य नवीकरणको म्याद थप गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page