नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकीकाे अध्यक्षमा दमाैलीका अमृत

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकीकाे अध्यक्षमा दमाैलीका अमृत

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्षमा दमाैलीका अमृत घिमिरे चयन भएका छन् । हालै पोखरामा भएको गण्डकी प्रदेशस्तरीय भेला तथा अधिवेशनले घिमिरेको अध्यक्षतामा महासंघ गठन गरेको हो ।

उपाध्यक्षमा बालकृष्ण कोइराला, सचिवमा भिमसेन क्षेत्री (भिम केसी), कोषाध्यक्षमा लिला मोहन कुईकेल रहेका छन् । यस्तै महासंघको सदस्यहरुमा उमानाथ आचार्य, प्रेमबहादुर घिमिरे र मङ्गल कुमाललाई चयन गरिएको छ ।

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष उमाकान्त शर्माले अधिवेशन उद्घाटनको अवसरमा बोल्दै हेभी इक्विपमेन्ट व्यवसायलाई व्यवस्थित गर्नुपर्ने र राज्यले पनि यस क्षेत्रलाई प्राथमिकता राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा अटोवेज ग्रुपका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले बाेलेका थिए ।

गण्डकी प्रदेशबाट सुरु भएको प्रदेश महासंघ गठन अब मुलुकका अन्य प्रदेशमा पनि प्रदेशस्तरिय महासंघ गठन गरिने तयारी रहेको जनाइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page