भानुमा स्वास्थ्यकर्मीहरूकाे वार्षिक समिक्षा कार्यक्रम
भानु नगरपालिकामा आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको समीक्षा गर्ने उद्देश्यका साथ पालिका स्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

भानु नगरपालिका स्वास्थ शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख उमा गाेतामे , प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारी ,प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी,ज.स्वा.नि मोहद्त्त ढकाल, परिवार नियोजन सुपरभाइजर सुदिप कडेल, स्वास्थ्य शाखा कर्मचारी, स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

५ गते सम्पन्न उक्त समीक्षा कार्यक्रममा मातृ तथा नव शिशु , खोप सेवा, परिवार नियोजन, पोषण, महामारी रोग नियन्त्रण, जनचेतना अभिवृद्धि लगायतका क्षेत्रमा भएका उपलब्धि, चुनौती र सिकाइबारे छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले आगामी वर्षका लागि स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन योजना तथा रणनीतिहरू तय गरि कार्यक्रमको सूक्ष्म विश्लेषण गर्दै कार्ययोजना तयार पार्न निर्देशन दिएका थिए । उक्त कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक शुभाष रेग्मीले गरेका थिए ।
























