भानुमा भएको माेटरसाइकल दुर्घटनामा घाइते अर्जुनलाइ पाेखरा पठाइयो

भानुमा भएको माेटरसाइकल दुर्घटनामा घाइते अर्जुनलाइ पाेखरा पठाइयो

तनहुँकाे भानु न.पा. २ पाउतुरे खोलाको पुल स्थित डुम्रे- बेशिसहर सडक खण्डमा तुरतुरेबाट डुम्रे तर्फ आउदै गरेको लु ३८ प ४२८२ न. को मो.सा. अनियन्त्रित भई दुर्घटना भएको छ । अनियन्त्रित भएको माेटरसाइकलले पुलको सिमेन्टको पर्खाल नाघी पुलबाट अ. २० मिटर तल खस्न गई दुर्घटना भएको थियो ।

दुर्घटनामा गोरखा पालुङटार न.पा. ४ बस्ने बर्ष ५० को अर्जुन ब. अछामी:- बाया खुट्टा र बाया आँखामा चोट अवस्था मध्यम र पछाडि सवार जि. सल्यान दार्मा गा.पा. ६ बस्ने २६ की प्रतिभा देबकोटा बाया आखा र दाहिने खुट्टामा चोट अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । घाईते मध्ये अर्जुनलाइ थप उपचारको लागि फेवासिटी अस्पताल पोखरा पठाईएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page