आदिकविकाे अध्यक्षमा ठाकुर र चुडामणीकाे पनि उम्मेदवारी पर्ने
आदिकवि भानुभक्त क्याम्पस व्यास-१, विज्ञानचौर, दमौलीको भाद्र १८ गते बुधबार साधारण सभा एवं अधिवेशन हुँदैछ । अधिवेशन नजिकिँदै जाँदा नयाँ नयाँ अध्यक्षका आकाँक्षीहरू पनि थपिएका छन् ।
काङ्ग्रेसको गढ मानिएको क्याम्पसमा कसलाई आधिकारीक उम्मेदवार बनाउने भनेर काङ्ग्रेस भित्र छलफल तिव्र भइरहेको बेला व्यास १ का दुई युवाहरूले पनि आफ्नाे उम्मेदवारी मात्रै हाेइन अध्यक्षमा दावी रहने बताएका छन् ।
यस अगाडि देखिएका अध्यक्षका प्रत्याशीहरू हालका अध्यक्ष बुद्धिमान श्रेष्ठ देखि बरिस्ठ अधिवक्ता कमला माेहन वाग्ले , राजु दाहाल र केशबहादुर सुनारकाे चर्चा उत्कर्षमा चलिरहेका बेला थप दुईजनाको पनि दावी आएकाे हाे । याे सँगै अध्यक्षमा ६ जनाको चर्चा एवम् दावी रहेको छ । तनहुँ प्रेस सँग कुरा गर्दै अध्यक्षका दावेदार ठाकुर दरैले अध्यक्षमा आफ्नाे उम्मेदवारी रहने बताए । व्यास १ बाट अर्का उम्मेदवार केशबहादुर सुनारलाइ अगाडि बढाइँदै छनी भन्ने प्रश्नमा उनलेे त्यो उहाँहरूकाे कुरा हाे , मेरो उम्मेदवारी अध्यक्षमा पर्दछ उनलेे भने । आँफुले क्याम्पसलाई राम्रोसँग चिनेको र बुझेकाे भन्दै उनलेे यसअघि पुस्तकालय समिति , सञ्चालक समिति र हाल लेखा समितिमा बसेर काम गरेको अनुभवले पनि आँफु एकमात्र शक्तिशाली उम्मेदवार रहेको उनलेे दावी गरे । आँफुले सबै प्राध्यापकहरूलाइ समान व्यवहार गरेर मिलाएर लैजाने र आर्थिक , प्रशासनिक क्षेत्रमा सुधार गर्दै साच्चिकै क्याम्पसलाई क्याम्पस जस्तो बनाउने उनलेे बताए । व्याचलर उर्तिण दरै व्यास १ मा लाेकप्रिय मानिन्छन् । उनको उम्मेदवारीले काङ्ग्रेसमा एक किसिमको छुट्टै तरंग आएकाे मानिएको छ । काङ्ग्रेसका युवा नेता विवेक भट्टराईले त ठाकुर सबैभन्दा उपयुक्त पात्र भएको प्रतिक्रिया दिएका छन् ।

यता क्याम्पसकाे अध्यक्षमा व्यास १ निवासी चुडामणी दाहालकाे समेत उम्मेदवारी पर्ने भएको छ । लामो समय काङ्ग्रेसको राजनीति गरेर केही समय अगाडि रास्वपामा प्रवेश गरेका दाहाल अध्यक्षमा आँफुले जित्ने दावी गर्छन् । लायन्स क्लवकाे गभर्नरको लाइनमा बसेका दाहाल सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । स्नातक गरेका दाहालकाे स्वास्थ्य सँगै प्राविधिक क्षेत्रमा पनि अब्बलता छ । २०४९ सालमा इन्जिनियरिङ क्याम्पसमा स्ववियु सभापति बनेका उनी व्यास १ काे पुर्व वडा सदस्य समेत हुन् । व्यास नगरको बाेर्ड बैठकमा बसेर निति निर्माणमा लागेका उनको पनि लाेकप्रियता राम्रो रहेको छ ।

























