दमाैलीमा लागु औषध दुर्व्यसन तथा मानव बेचबिखन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

दमाैलीमा लागु औषध दुर्व्यसन तथा मानव बेचबिखन सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

सामुदायिक सेवा केन्द्र दमाैली र जिल्ला प्रहरी कार्यालय तनहुँकाे आयाेजनामा लागु औषध दुर्व्यसन तथा मानव बेचबिखन सम्बन्धि सचेतना कार्यक्रम मंगलबार दमाैलीमा सम्पन्न भएको छ । उक्त सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी टेकबहादुर कार्की तथा प्रहरी सहायक निरीक्षक असइ दिपा खत्रीले लागु औषध र मानव बेचबिखन लगायतका बिषयमा हुने कानुनी कारबाही , सचेतना र समस्या समाधानका उपायको बारेमा बताएका थिए । प्रहरी प्रमुख कार्कीले लागू औषध दुर्व्यसन तथा मानव बेचबिखन दुबै अपराध भएको बताए ।

हर प्रहर गाउँ र नगरी ! टाेलटाेलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ आयाेजित कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वडा अध्यक्ष काशिराम श्रेष्ठले समाज विकासमा सबैको संयुक्त प्रयास अपरिहार्य रहेको बताए । श्रेष्ठले स्थानीय तहले बनाएका योजना तब मात्र सफल हुने उल्लेख गर्दै नागरिकहरू सक्रिय भएर लागेमा मात्र समृद्ध र सुव्यवस्थित वडाको निर्माण सम्भव हुने धारणा राखे । सामुदायिक केन्द्रमार्फत सञ्चालित गतिविधिहरूले सामाजिक एकता र सहकार्यलाई थप मजबुत बनाउन योगदान पुर्याउने श्रेष्ठले विश्वास व्यक्त गरे ।
वडा भित्रका १७ वटा टाेलमध्ये अलि बढी अशान्ति उत्तरशीला टाेलमा भयो भन्ने गुनासो छ त्यसलाई सबै मिलेर शान्त बनाउनुपर्ने उनको भनाइ थियो ।

सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष गोबिन्दराम पन्थकाे अध्यक्षतामा भएको कार्यक्रममा सचिव तारा नरेश पाैडेल लगायत उत्तरशिला टाेल ,बागबजार टाेल , आमा समुहका अध्यक्ष एवम् प्रतिनिधिकाे सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page