आदिकविकाे अध्यक्षमा ठाकुर पछि नहट्ने , चुनावमा भिड्ने , जितेरै छाड्ने !
आदिकवि भानुभक्त क्याम्पस व्यास-१, विज्ञानचौर, दमौलीको भाद्र १८ गते बुधबार साधारण सभा एवं अधिवेशन हुँदैछ । अधिवेशन नजिकिँदै जाँदा अध्यक्षका आकाँक्षी मध्येका एक ठाकुर दरै आक्रामक रूपमा लागेका छन् । मंगलबार साँझ तनहुँ प्रेस सँग कुरा गर्दै ठाकुरले आँफु चुनाबमा हाेमिएकाे बताए ।स्थानीय विकास र सामाजिक सेवामा आफ्नो जीवन अहिलेसम्म समर्पण गर्दै आएकाे भन्दै ठाकुरले एकपटक क्याम्पसकाे अध्यक्ष बनेर काम गर्ने ठुलो इच्छा भएको बताए । दरैहरू आजसम्म सबैमाझ सच्चा सेवकका रूपमा उभिएका छन् । यसको मतलव याे हाेइनकी दरै साेझा हुन्छन् जे गरेपनि हुन्छ ! अध्यक्षका प्रत्यासी दरैले केही मान्छेले आँफुलाइ मान्छे नगनेकाे देख्दा दुख लागेको बताए । शान्त, सत्यनिष्ठ र दृढ अडान भएको ठाकुरले १२ वर्षदेखि आदिकवि भानुभक्त क्याम्पसको संचालक समितिमा रही शिक्षाको गुणस्तर वृद्धि र संस्थागत मजबुतीका लागि निरन्तर काम गरिरहेकाे बताउँदै उनलेे आँफुलाइ नहेप्न र कमजोर नठान्न चेतावनी दिए ।

समाजले चाहेअनुसार जिम्मेवारी लिन सधैं तयार रहने ठाकुरको नेतृत्व क्षमता दरै समाजका अध्यक्षको भूमिकामा पनि प्रष्ट देखिन्छ। हाल नेपाली काँग्रेस व्यास नगर समितिमा सदस्य रहेका दरैले शंकरदेव क्याम्पस काठमाडौ बाट आइ. कम. र सरस्वती क्याम्पस काठमाडौ बाट बि. कम. पास गरेका छन।

आर्थिक पारदर्शिता, शैक्षिक सुधार, युवा अवसर र सामाजिक एकताको पक्षमा आवाज उठाउँदै आएका शालीन स्वभावका दरैप्रति काङ्ग्रेसकै केन्द्र देखि जिल्ला तहका नेताको भित्री समर्थन रहेको बुझिएको छ । त्यही समर्थनले हाैसिएका उनी चुनाबमा हाेमिने निधाेका साथ अगाडि बढेका हुन् । व्यक्तिगत लाभभन्दा सामूहिक हितमा विश्वास राख्ने, कसैको दबाब वा प्रलोभनले विचलित नहुने स्वभावका ठाकुर अगाडि बढेपछि काङ्ग्रेस भित्र नयाँ बहस सुरु भएको छ ।
आँफुले क्याम्पसलाई राम्रोसँग चिनेको र बुझेकाे भन्दै उनलेे यसअघि पुस्तकालय समिति , सञ्चालक समिति र हाल लेखा समितिमा बसेर काम गरेको अनुभवले पनि आँफु एकमात्र शक्तिशाली उम्मेदवार रहेको दावी गरे । आँफुले सबै प्राध्यापकहरूलाइ समान व्यवहार गरेर मिलाएर लैजाने र आर्थिक , प्रशासनिक क्षेत्रमा सुधार गर्दै साच्चिकै क्याम्पसलाई क्याम्पस जस्तो बनाउने उनलेे बताए ।
























