भिमाद नगरपालिकामा सेवा प्रवाह र सुशासन सम्बन्धी अन्तरक्रिया

भिमाद नगरपालिकामा सेवा प्रवाह र सुशासन सम्बन्धी अन्तरक्रिया


भिमाद नगरपालिकामा जिल्ला प्रशासन कार्यालय तनहुँको सह-आयोजनामा स्थानीय तहको सेवा प्रवाह र सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सेवा प्रवाहसँग सम्बन्धित कानूनी तथा प्रशासनिक प्रक्रिया, समस्या समाधानका उपायबारे विस्तृत जानकारी दिनुका साथै आवश्यक निर्देशन र सुझाव प्रदान गरेका थिए ।

भिमाद नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी , नगर उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन र उप अनुसन्धान निर्देशक मनोज अर्याल लगायतको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, वडा सचिव तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरूले नागरिकका सरोकार तथा दैनिक जीवनमा सेवा प्रवाहका क्रममा भोग्नु पर्ने समस्या राखेका थिए भने कर्मचारीहरूले कार्यसम्पादनका क्रममा देखिएका प्राविधिक र प्रशासनिक चुनौतीबारे जानकारी गराएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page