आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा ४ जनाको उम्मेदवारी

आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा ४ जनाको उम्मेदवारी


आदिकवि भानुभक्त क्याम्पसको अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । बिहीबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको हाे । उम्मेदवारी पर्नेहरूमा कमलामाेहन वाग्ले , केशबहादुर सुनार , चुडामणी दाहाल र राजु दाहाल रहेका छन् ।

यसैगरी खुल्ला १२ सदस्यकाे लागि २२ जनाको उम्मेदवारी परेको छ । महिला ३ मा सर्वसम्मत हुने देखिएको छ । यस्तै समितिकाे अन्य जनजाति २ , जग्गादाता अल्पसंख्यक बाट १ , दलित १ अभिभावक सदस्य २ लगायतका पदमा निर्वाचन हुने सम्भावना देखिएको छ । निर्वाचन तालिका शुक्रबार बिहान ८ बजेबाट हुने तयारी छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page