भादगाउँका पसलमा अनुगमन , ठुलो परिमाणमा म्याद नाघेका अखाद्य बस्तु जफत

व्यास नगरपालिका बजार अनुगमन समिति संयाेजक एवम् उपप्रमुख इन्दिरा दरैकाे संयाेजकत्वमा खाद्य डिभिजन प्रमुख ज्याेती आचार्य सहितको टाेलीले भादगाउँका खाद्यान्न पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलबाट म्याद नाघेका अखाद्य बस्तुहरू भेटिएको र ती बस्तुहरू नष्ट गर्नका लागि जफत गरिएको छ ।


व्यास १ काे अन्सु वेकरी , अन्जली किराना पसलमा साेयाबिन मस्याैरा , चिजवल्स , लेज , क्रन्चिज , सेन्चुरी मसला , शिसाकाे मिक्स अचार , सावधाना साेयाशस लगायतका सामानहरू भेटिएको खाद्य डिभिजन कार्यालयका प्रमुख ज्याेती आचार्यले बताए । यस्तै थ्री एस एस स्टाेर्स बाट डाबर हनी , सर्वाेत्तम पिठो , भुजिया दालमाेट , लेज , टुपिएम चाउचाउ , भुजा , पाँचचाेक सप्लायर्स मा म्याद नाघेका चिजवल्स ,मनसुन किराना तथा कस्मेटिक पसलमा ढुसी लागेको पाउरोटी , लेज ,,म्यारिगाेल्ड बिस्कुट लगायतका सामाग्रीहरू भेटिएको आचार्यले जानकारी दिए ।

म्याद नाघेका सामानहरू नगरपालिकाकाे अनुगमन टाेलिले पहिलोपटक सचेत बनाउँदै नष्ट गर्नकाे लागि जफत गरेको र अब पनि त्यस्तो भेटिए कार्वाही गरिने अनुगमन टाेलि संयाेजक इन्दिरा दरैले बताइन् ।
अनुगमन टाेलिले केही दिन बजार अनुगमनलाइ निरन्तरता दिने समेत उनलेे जानकारी दिइन् ।
























