चरम राजनीतिको शिकार बन्दै आदिकवि , चुनाब क्याम्पसकाे प्रतिस्पर्धा नेताको !

चरम राजनीतिको शिकार बन्दै आदिकवि , चुनाब क्याम्पसकाे प्रतिस्पर्धा नेताको !

व्यास १ बिज्ञानचाैर स्थित आदिकवि भानुभक्त क्याम्पस चरम राजनीतिक शिकार बाट गुज्रीँदा थिलाेथिलाे अवस्थामा पुगेको छ । व्यासका मेयर बैकुण्ठ न्याैपानेकाे २३ वर्ष क्याम्पस प्रमुख रहि आफ्नाे राजनीतिक यात्राको भर्याङ बनेको आदिकवि अहिलेकाे अवस्थामा आइपुग्दा चरम राजनीतिक शिकारकाे चपेटामा परेको हाे । जसका कारण यसले आफ्नाे गुणस्तर ,समुदायमा आफ्नाे साख जाेगाउन हम्मेहम्मे परेको छ । यसैको निरन्तरता स्वरूप परिक्षामा निष्पक्षता , सञ्चालक समितिकाे चयनमा गुटगत प्रभावकाे असर ३९ औ वार्षिकोत्सब एवं बार्हाैँ अधिवेशनमा छताछुल्ल पाेखिनुले पुष्टि गर्दछ ।

२ हजार ९ सय ३३ जना साधारणसदस्य रहेको क्याम्पसमा पटकपटक म्याद थपकाे सुचना जारी गर्दापनी ७ सय ८८ जनाले मात्रै नविकरण गर्नु , त्यसमध्ये लगभग दुई सय जना मात्रै साधारणसभामा उपस्थित हुनु , बन्दसत्रमा लगभग ५० जना जतिकाे उपस्थित हुनुले जनमानसमा यसको वितृष्णा बढेको प्रस्टै बुझ्न सकिन्छ ।
क्याम्पस सञ्चालक समितिकाे नयाँ अध्यक्ष लगायतको कार्यसमितिको लागि आज चुनावी प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ८ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने समय राखिएको र १०. ३० बजेदेखि मतदान सुरु हुनेगरी तयारी अगाडि बढाइएको छ । अध्यक्षका लागि कमलामाेहन वाग्ले , केशबहादुर सुनार , चुडामणि दाहाल र राजु दाहालको उम्मेदवारी परेको भएपनि राजु दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । अब बाँकी वाग्ले , सुनार र दाहालबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवार वाग्ले र सुनार काङ्ग्रेस पृष्ठभूमिका हुन् भने दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । यसैबीच काङ्ग्रेसका दुई उम्मेदवार वाग्ले र सुनारलाई जिताउन काङ्ग्रेस भित्र चलखेल सुरु भएको छ । खासगरी काङ्ग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकाे उम्मेदवारकाे रूपमा कमलामाेहन वाग्ले र मेयर बैकुण्ठ न्याैपानेकाे उम्मेदवारकाे रूपमा केशबहादुर सुनारलाइ लिइएको छ र दुबैले आफ्नाे प्यानलकाे उम्मेदवारलाई जिताउन खुलेरै लागिसकेको जनाइएको छ । एक खुल्ला सदस्यका उम्मेदवारले आँफुलाइ दुबै तर्फका ठुला नेताको फाेन आएकाे बताए । यता काङ्ग्रेस भित्रै एउटा पक्षले एमालेलाई ४ सदस्य , नेकपा माओवादीलाई दुई सदस्य दिएर काङ्ग्रेसका संस्थापन पक्षका उम्मेदवारलाई जिताउन पद साटेकाे चर्चा पनि उत्तिकै छ । जसका कारण एकथरी काङ्ग्रेसहरू रुष्ट हुन पुगेका छन् । काङ्ग्रेसको एकल आउने ठाउँमा एकसिट नआउने पार्टीलाई सदस्य बाँडेको उनिहरूकाे भनाइ छ । काङ्ग्रेस भित्रका ती संस्थापन भनेको काेहाे भनी ती सदस्यलाई साेध्दा स्पस्ट भने खुलाएनन् । उनको आसय केशबहादुर संस्थापनकाे हाे भन्ने रहेको देखिन्छ ।

यता खुल्ला तर्फ १२ जना सदस्यका लागि २१ जनाको उम्मेदवारी दर्ता भएको छ । खुल्ला तर्फ संगित घिमिरे , शिवहरि धिताल, सुरेन्द्र पौडेल , भाग्यशाली ढुंगाना , रामकृष्ण वि.क.,दुर्गाभक्त अधिकारी , विवेक भट्राई , पद्यमराज सुवेदी , सोमराज सिग्देल,डा.ईश्वरचन्द्र वाग्ले , विष्णुबहादुर बस्नेत , भरतप्रसाद पन्त,सुनिल मिश्र, रामजीप्रसाद तिमिल्सेना , गजेन्द्रराज पन्थ , गोपाल सुर्खाली , सहबीर उचै ठकुरी , मोहन गिरी , निर्मल पण्डित , ईश्वरबहादुर बिष्ट र श्रीराम कार्कीले उम्मेदवारी दिएका छन् । यसमध्ये केहीले पार्टीको निर्देशन भन्दै उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेहरूमा मीन बहादुर चंदाराे , दुर्गाभक्त अधिकारी लगायत रहेका छन् ।

समितिकाे महिला सदस्यमा भने सिर्जना तिवारी ,शोभा बडु अधिकारी र बिणा कैनी निर्विरोध निर्वाचित भइसकेका छन् । बिहीबार परेको उम्मेदवारीमा तीनजना चाहिनेमा तीनजनाको मात्रै उम्मेदवारी परेपछि उनिहरू निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन समितिले यसको पुष्टि गर्न बाँकी छ । यस्तै क्याम्पसकाे दलित सदस्य तर्फ एकजना चाहिनेमा मिनबहादुर चँदारो र अर्जुन सुनार दुईजनाको उम्मेदवारी परेको थियो । जसमा मिनले उम्मेदवारी फिर्ता लिएपछि अर्जुन सर्वसम्मत भएका छन् । त्यस्तै जग्गादाता तर्फ ठाकुर दरैको मात्रै उम्मेदवारी परेकोले सर्वसम्मत भएका छन् । जनजाति सदस्य तर्फ क्या.सोमबहादुर थापा र चिजबहादुर दरैको उम्मेदवारी परेको छ । अभिभावक तर्फ कृष्णबहादुर रुचाल र रामराज अधिकारीको दर्ता भएको छ । पुस्तकालय समिति संयोजकमा कुलबहादुर थापा र सदस्यहरुमा बुद्धिसागर साखी , महेन्द्र गिरी , अम्बिका अधिकारीको उम्मेदवारी दर्ता भएको छ । आन्तरिक लेखा परीक्षण संयोजकमा ऋषिराम ढुंगाना र सदस्यहरुमा प्रेमबहादुर राउत र सरु कुमालको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष र खुल्ला सदस्य बाहेकका पदहरूमा सर्वसम्मत भइसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page