क्षेत्रीय हाेटल संघ डुम्रेकाे साधारणसभा सम्पन्न

क्षेत्रीय हाेटल संघ डुम्रे बजार इकाईकाे १९ औ वार्षिक साधारणसभा सनिवार डुम्रे स्थित बन्दिपुर गार्डेन रिसोर्टमा सम्पन्न भएको छ ।साधारणसभाकाे क्षेत्रीय हाेटल संघ तनहुँका अध्यक्ष चन्द्र कुमार कायस्थले उद्घाटन गर्दै सबै व्यवसायीहरू एकजुट हुनुपर्ने बताए । सबै व्यवसायीहरू संघमा आबद्ध हुन आव्ह्वान गर्दै कायस्थले व्यवसाय सञ्चालनकाे क्रममा केही अफ्ट्यारो परे संस्थालाई सम्झन आग्रह गरे । शुद्ध व्यवसाय गर्नुस् , कानुनले दिएको अधिकार भन्दा बाहिर नजानुस ,सरसफाइमा ध्यान दिएर गुणस्तरीय खानेकुरा दिनुस् त्यसले नै हामी व्यवसायीकाे पहिचान बन्छ कायस्थले भने ।

कार्यक्रममा विशिष्ट अतिथि बन्दिपुर १ का वडाअध्यक्ष शिवकुमार श्रेष्ठले हाेटल व्यवसायीले सरसफाइ र गुणस्तरीय सेवामा ध्यानदिनुपर्ने बताए । राम्रो र उत्कृष्ट खानेकुरा ग्राहकलाई दिन सक्यौं भने ती ग्राहकहरू पछि पनि फर्केर आउने उनलेे बताए । व्यवसायीहरूलाइ तालिम आवस्यक परेमा गाउँपालिका तयार रहेको उनको भनाइ थियो । कार्यक्रममा बन्दिपुर,केवलकारका डाइरेक्टर राेमनमान श्रेष्ठ , डुम्रे टाेल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ ,डुम्रे सांस्कृतिक एवम् सामाजिक संरक्षण समितका संयाेजक राजेन्द्र पिया ,आँबुखैरेनी बजार इकाईका निवर्तमान सभापति कुमार श्रेष्ठ
हरिहर महिला समुहको अध्यक्ष सरिता पिया लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
साधारणसभामा सचिव ईश्वर लामिछानेले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन पारित भएको छ ।
डुम्रे बजार इकाईका सभापति सन्तोष थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सराेज श्रेष्ठले स्वागत र महेन्द्र शाहीले सञ्चालन गरेका थिए । साधारणसभामा व्यवसायीहरूकाे बाक्लो उपस्थिति रहेको थियो ।

























