पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की , मन्त्रीमा घिसिङ र अर्यालकाे सम्भावना

पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की , मन्त्रीमा घिसिङ र अर्यालकाे सम्भावना

राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् । राष्ट्रपति पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेपछि अब विराटनगरले थप परिचय बनाएको छ, छैटौँ प्रधानमन्त्री र पहिलो महिला कार्यकारीको रूपमा । यसअघि ५ जना प्रधानमन्त्री उदाएको विराटनगरमा अब सूचीमा कार्कीको नाम थपिएको हो । कार्की बिराटनगर निवासी हुन् ।

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ । स्रोतले दिएको जानकारीअनुसार अर्याललाई जेन–जी समूहको तर्फबाट मन्त्री बनाउन खोजिएको छ । हामी नेपाल समूहका सुदन गुरुङको टोलीले अर्याललाई कानुनी सल्लाहकार बनाएको थियो । राष्टपति रामचन्द्र पौडेलसँगको छलफलमा पनि अर्याल नै जुटेका थिए ।

त्यसैगरी, घिसिङलाई पनि जेन–जी समूहले मन्त्रीमा प्रस्ताव गरेका छन् । एकथरि जेन–जी समूहले पनि घिसिङलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान लिएका थिए । आजै शीतलनिवासअघि घिसिङको पक्षमा नाराजुलुस समेत भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page