चितवन जिल्ला अदालतबाट हराएका सामान १९ वर्षीय युवकको हाकिम चाेक डेरामा फेला

चितवन जिल्ला अदालतबाट हराएका सामान १९ वर्षीय युवकको हाकिम चाेक डेरामा फेला


जेनजीको प्रदर्शनमा प्रदर्शनकारीहरूले चितवन जिल्ला अदालतमा आगो लगाउँदा महत्त्वपूर्ण अभिलेखहरू जलेर नष्ट भए । आगजनीपछि चोरीसमेत भयो । सोमबार चितवन प्रहरीले भरतपुरमा डेरा गरेर बस्ने युवकलाई पक्राउ गर्नुका साथै उनको कोठाबाट अदालतबाट हराएका सामानहरू पनि बरामद गरेको छ ।

चितवनको राप्ती नगरपालिका ६ घर भएका १९ वर्षका युवकको भरतपुर महानगरपालिका १० हाकिम चोकमा रहेको डेराबाट सात थान मोबाइल सेट, काँसको थाल तीन सेट, एउटा टी टेबल, चार सय सिक्का पैसा, साना, ठूला गरेर तामाका ११ वटा कलश बरामद भएको छ । चितवन प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रवीन्द्र खनालले अदालतबाट चोरी र लुटपाट गरी लगेका सामानसहित युवक पक्राउ परेको बताए । उनको डेराबाट कम्प्युटर टेबल एउटा, लागूआ‍ैषध ट्रामाडोलको चार हजार ९५० क्याप्सुल, चार वटा खुकुरी, दुई वटा हम्मर, तीनवटा स्टिल थाल र १५ वटा ग्लास पनि बरामद भएको छ । डिएसपी खनालका अनुसार आठ थान घडी र एउटा गितार पनि ती युवकको डेराबाट बरामद भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page