अपाङ्गता स्रोत कक्षा समायोजन र ब्यवस्थापनमा चुनौती
सामाजिक बिकास कार्यालय तनहुँमा ब्यास नगरपालिकामा संचालित अपाङ्गता स्रोत कक्षा ब्यवस्थापन र समायोजनका सवालमा छलफल बैठक सप्पन्न भएको छ।

लेखाजोखा संयोजक ईश्वर बास्तोलाले ब्यास नगरपालिकाका भित्र रहेका ६ वटा अपाङ्गता स्रोत कक्षाका आ- आफ्नै बिधालयहरुको अपाङ्गता भएका बिद्यार्थीहरु लाई औपचारिकता लाई प्राथमिकतामा राखी भुमिका मात्र निर्वाह गरिराखेको अवस्था रहेको बताए । छरीएका बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुको समायोजनमा सम्बन्धित स्रोत कक्षाहरु मापदण्ड भन्दा बढि बिद्यार्थीहरु बिधालयहरुले अपाङ्गता स्रोत कक्षाको आवासमा राखीएको बास्तोलाले बताए ।

ब्यास ५ सागे स्थित रहेको सिन्धु बौद्धिक अपाङ्गता स्रोत कक्षाकि स्रोत शिक्षक सीता देवि कुवरले स्रोत कक्षाको आवासको ब्यवस्थापनमा चुनौती देखिँदा घटना घटने प्रवृत्ति रहेको भन्दै बिधालयले मापदण्ड भन्दा धेरै बिद्यार्थीहरु आवासमा राख्दा चरम श्रम शोषण आया र स्रोत शिक्षकलाई परेको बताइन।
अपाङ्गता अधिकारकर्मी मदन पौडेलले ब्यास नगरपालिकाले यसै बर्ष देखि ल्याएको नीति अनुसार उस्तै प्रकृतिका अपाङ्गता स्रोत कक्षाहरुलाइ एकीकृत गरेर यो बर्ष देखि नै ब्यास नगरपालिका मातहतका ४ वटा बौद्धिक अपाङ्गता स्रोत कक्षाहरुलाइ एउटै छानोमुनी समायोजन गर्ने नीति ल्याइएको बताए। समायोजनमा देखीएको दुइतर्फी हेराइ सिसाघाटको महेन्द्र ज्योतिको बौद्धिक अपाङ्गता स्रोत कक्षा र सोही प्रकृतिको सिन्धुको अपाङ्गता स्रोत कक्षा समायोजनमा घरबाट आवतजावत गर्ने बौद्धिक अपाङ्गता भएका बिद्यार्थीका सवालमा मितब्यापी धारणा अपनाउनुपर्ने पौडेलले ब्यक्त गरे।
मस्तिष्क पक्षघात तथा स्वभलम्बन समुहका बिष्णु गौतमले अनुसार प्रत्येक स्रोत कक्षामा १० जना अपाङ्गता भएका बिद्यार्थीहरु आवासमा राखी शिक्षा प्रदान गर्ने प्रावधान रहेको अबस्थामा अहिले आवस्यकता भन्दा धेरै बिद्यार्थीहरु राखी पढाउदा गुणस्तरमा कमि आएको त्यसको असर आया र स्रोत शिक्षक लाई परेको बताए।
छलफल बैठकको सहजीकरण सामाजिक बिकास कार्यालयका प्रमुख बिदुरहरी आचार्यले गरे।
























