माेहन बतास फाउन्डेसनका संस्थापक बतास द्वारा नुरी हनफी मदर्शालाइ ल्यापटप सहयोग
मोहन बतास फाउण्डेशनका संस्थापक मोहन बतासले व्यास नगरपालिका-४ स्थित नुरी हनफी मदर्शालाई ल्यापटप सहयोग गरेका छन् ।

बतासले शुक्रबार मस्जिदमा आयोजित एक कार्यक्रमका बीच एक थान ल्यापटप सहयोग गरेका हुन् । बतासले दमौली मुस्लिम समाजका अध्यक्ष जमालदिन मियाँलाई उक्त ल्यापटप सहयोग हस्तान्तरण गरेका समाजका अगुवा सिद्धिक मियाले बताए । शैक्षिक , सामाजिक क्षेत्रमा विभिन्न किसिमका सहयोगहरू गर्दै आएकाे फाउन्डेसनले सामाजिक उत्तरदायित्वकाे भावना अनुसार उक्त सहयोग गरेको हाे ।

























