सापकोटाले सञ्चालनमा ल्याए तनहुँमै पहिलो पिजन हिल इन्स्टिच्युट अफ हस्पिटालिटी ट्रेनिङ सेन्टर
सफल युवा व्यवसायी विवेक सापकोटाले तनहुँमै पहिलो पिजन हिल इन्स्टिच्युट अफ हस्पिटालिटी ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएका छन् । व्यास २ दमाैली स्थित नेपाल बैंक अगाडि रहेको भवनमा उनलेे ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएका हुन् । सिकाइ, शैली र आत्मविश्वासको छुट्टै संसारकाे रूपमा लिइएको उक्त हस्पिटालिटी सेन्टरमा आधुनिक कक्षाकोठाहरू, व्यावहारिक प्रशिक्षण प्रयोगशालाहरू, विशेषज्ञ सल्लाहकारहरू, र वास्तविक होटल जस्तो अनुभवकाे सुविधा लिन सकिने सञ्चालक विवेक सापकोटाले बताए ।

उक्त ट्रेनिङ सेन्टरमा बरिस्ता र बेकरी प्रशिक्षण र अन्य व्यावसायिक प्रशिक्षणहरू जस्तै कुकिंग/वेटर/वेट्रेस/कार्यालय व्यवस्थापन/रिसेप्शन/बारटेन्डर/हाउसकिपिङ लगायतका सुविधाहरू रहेका छन् । सञ्चालक सापकोटाले पहिलो खुल्ने महिनामा १०% छुट समेतको व्यवस्था गरिएको जानकारी दिए । हाेटल क्षेत्रमा दक्ष जनशक्तिको बिकास गर्न , बजारमा अहिले चरम वेरोजगारीको सामना गरिरहेका प्राय विद्यार्थीको अनुपातमा हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीले खाली हात वस्नु नपर्ने गरि तालिम प्रदान गरिने बताइएको छ । शिक्षा लिइसकेपछि रोजगारी पाउनु अर्को मुख्य कुरा भएकाले समेत हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्र कम जोखिममा धेरै लाभ लिन सकिने विषय समेत भएकाले यस क्षेत्रमा काम गर्न अफ्ट्यारो मान्नु नपर्ने बताइन्छ । सिटिभिटीकाे मापदण्ड अनुसार हाेस्टल सहितको व्यवस्थापनका साथ सञ्चालन भएको तालिम केन्द्रबाट लाभ लिने युवाहरू बैदेशिक राेनगारिकाे शिलशिलामा जाँदा समेत यही प्रमाणपत्र मान्यताप्राप्त हुने गरि काम गरेको सापकोटाले जानकारी दिए ।

























