म्याग्देमा खुडा प्रहार काण्ड , अदालतकाे थुनछेक आदेश , साँढे १९ लाख धराैटिमा सबै रिहा
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं १ ट्याम्केडाडामा दसैं टिकाकाे दिनमा दुई युवा माथि भएको निर्घात कुटपिट तथा खुँडा प्रहार काण्डमा पक्राउ परेका सातै जना साँढे १९ लाख धराैटिमा रिहा भएका छन् । तनहुँ जिल्ला अदालतकाे थुनछेक आदेश अनुसार उनिहरूलाइ उक्त रकम धराैटिमा रिहा गरिएको हाे । जसअनुसार विश्वास सुनार र सन्तोष सुनारलाइ साँढे तीन लाख साँढे तीन लाख र अन्य निकास विक , टेकबहादुर , प्रेमबहादुर , विज्ञान सुनार र साेमबहादुरलाइ साँढे दुई लाखका दरले गरि कुल साँढे १९ लाख धराैटिमा रिहा भएका हुन् ।

खुकुरी प्रहार बाट वाख्रे ट्याम्केडाडा बस्ने वर्ष २८ का मिलन नेपाली र वर्ष २५ का सुमन नेपाली गम्भीर घाइते भएका थिए । उनिहरूकाे पाेखरा जिएमसीमा उपचार पश्चात् घरमा आएका छन् ।

घटनामा संलग्न भएको भन्दै पिडित पक्षले ज्यान मार्ने उद्योग अन्तर्गत ९ जना समेतलाई किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी दिएका ९ जनामा सन्तोष सुनार , साेमबहादुर सुनार , विश्वास सुनार , विज्ञान सुनार , प्रेमबहादुर थापा , टेकबहादुर सुनार , निकास सुनार , मनबहादुर सुनार र विपना सुनार समेत अन्य रहेका थिए ।
क्यारामबाेर्ड खेल्दा भएको सामान्य बिवादले उग्र रूप लिएपछि उनिहरू गम्भीर घाइते भएका थिए । घाइते सुमनकाे निधारमा गहिरो चाेट लागेको थियो भने मिलनकाे टाउको , ढाड र हातमा थुप्रै गहिरो चाेटहरू लागेको थियो। गम्भीर अवस्थामा रहेका दुबै दाजुभाइलाई प्रदेश अस्पताल दमाैलीमा प्रारम्भिक उपचार पश्चात् पाेखरा रिफर गरिएको थियो ।

























