तिलिचो ताल यात्रा संस्मरण

तिलिचो ताल यात्रा संस्मरण

कबिराज श्रेष्ठ यात्री
चेम्बर अफ कमर्स वरिष्ठ उपाध्यक्ष
संसारकै सबैभन्दा बढी उचाइमा रहेको तालहरु मध्येको एक हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपूर्ण क्षेत्र अन्तर्गत पर्ने समुन्द्री सतह देखि ४९१९ मिटर उचाइमा रहेको तिलिचो ताल पुग्ने उत्साह पहिलदेखिकै चाहना थियो । जसअनुसार म आफै कबिराज श्रेष्ठ लगाएत प्यारो भाईहरु मदन तिमिल्सिना ,अजित पन्थ
तिलिचो पुग्ने सपना साकार पार्न भाइ टीकाको भोलिपल्ट बिहानै ५ बजे मदन तिमिल्सिना भाईको कारमा चढि बेशिसहर सम्मको यात्रा पश्चात् हामी पहिलो दिनको यात्रा ब्वम खोला, चनौटे,बौलौती बिसना,च्यामछे बुम झरना ,अक्टुपस झरना ,धारापनी,तिमाङ २६५० स्यार्खु बजार ,थानचोक ,कोदो बजार ,चामे बजार ,म,ढुकुर पोखरी ,इसाङ green lake , bulu lake मनाङ्ग,टेन्की मनाङ हुँदै खाङ्सार मनाङ सम्म पुग्यौं ।

दोस्रो दिन खाङसार देखि बिहानै तारे गुम्बा ,श्रीखर्क ,अपर श्रीखर्क , हुँदै झण्डै ८ घण्टाको पैदल यात्रापछि तिलिचो बेसक्याम्प पुग्यौ । बेसक्याम्पसबाट साथीको साथमा बिहानको ३:३० आवश्यक सरसामान औसधि लगएत बोकेर झिसमिसे अधेरी रातमै हेडलाइट बालेर मनमोहक दृश्यलाई अँखामा कैद गर्दै हरेक उकाली ओराली थकानको बाबजुद पनि हिमाली मनमोहक त्यो प्रकृति शीत रमाउँदै बाईस गुम्ती पार गरेको पनि थाहा नै नपाएको अनुभुती गर्दै झण्डै ५:३० घण्टाको पैदल यात्रापछि तिलिचो ताल पुग्याैं ।

चिसो हावा चलिरहेको, हिमालको काखैमा रहेको , संसारकै बढी उचाइमा रहेको हिमताल तिलिचो ताल आँखै अगाडि नियाल्न पाउँदा म लगाएत साथीहरू ,भाईहरु मदन तिमिल्सिना,अजित पन्थ , बिन्दुलाल श्रेष्ठ , प्रताप श्रेष्ठ ,सन्दीप श्रेष्ठ , बैनि रुबिना श्रेष्ठ लागएत सम्पुर्णले संसारै जितेको’ अनुभूति भएको
ठान्याैं । यहाँ बस्ने ठाउँको व्यवस्था गरेमा पर्यटकको झनै आकर्षण बढाउन सकिन्छ भन्ने लाग्यो । तिलिचोसम्मको यात्रा केही कष्टकर र जोखिमपूर्ण भए पनि तिलिचो पुगेपछि प्राकृतिक सौन्दर्यमा टहलिन पाउँदा यात्राका सारा कष्ट पलभरमै भुल्यौ , यो ताल आन्तरिक तथा बाह्य दुवै पर्यटकको रोजाइको गन्तव्य बनेको महसुस भयो । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने हजारौ पर्यटकहरु पछिल्लो समय तिलिचो तालसम्म पुग्ने गरेका रहेछन् । हामी सगै यात्रामा थियौ प्राकृतिक, धार्मिक दृष्टिकोणले महत्वपूर्ण ‘तिलिचो ताल’प्राकतिक रुपले मात्र नभई धार्मिक दृष्टिकोणले पनि महत्वपुर्ण रहेछन् । तिलिचो ताल परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती अनुसार हिन्दू धर्मावलम्बीहरु तीर्थ व्रतका लागि पनि तिलिचो तालसम्म पुग्ने गरेको त्यहाँ जनप्रतिनिधि वडा अध्यक्ष छोल्पा गुरुङको भनाइ पनि सुन्याैं । त्यहाँको प्रकृति शीत लगभग २ घन्टा रमाइलो गर्दै मनमा रमणीय त्यहाँको दृश्य मन भित्र सजाउदै फेरि हामी ‘बेसक्याम्प तिर नै फर्कियौ । झण्डै ३ घण्टा ओरालो हिँडेपछि बेसक्याम्प आइपुग्याैं र बस्ने ठाउँको समस्याको कारण बेसक्याम्प बाट हामी १ बजे तिर फेरि खाङसारको यात्रा तय गर्यौ, पर्यटकहरु बस्ने पर्याप्त ठाउँ
नभएको कारण हाम्रो यात्रा कठिन तर मनमोहक तिलिचो तालको दृश्यलाई अँखा अगाडि राख्दै खाङसार आउँदा बाटोमा मेरो शुपुत्र सन्तोष श्रेष्ठ , र भदाह रोचन श्रेष्ठ तिलिचो ताल बेस क्याम्प यात्रामा जाँदै गर्दा बाटोमा जम्काभेट भयौ । हामी खाङसार नै बस्ने उदेश्यका साथमा निस्केका थियौ तर पर्यटकको चापको कारण हाम्रो खाङसार बस्ने उदेश्य पूरा हुन सकेन धेरै महँगो गाडी भाडा तिर्दै चामे सम्मको यात्रामा निस्कियौ । हाम्रो तेस्रो दिन फर्किने क्रममा चामेमा नै बास रह्यो, चौथो दिन हामी हाम्रो गन्तव्यमा सकुशल आईपुग्यौ । बस्ने ठाउँको व्यवस्था गरेमा पर्यटकको झनै आकर्षण बढाउन सकिने यस भ्रमणले भान गरायो ।
तिलिचोसम्मको यात्रा केही कष्टकर र जोखिमपूर्ण भए पनि तिलिचो पुगेपछि प्राकृतिक सौन्दर्यता द्वारा सबै कष्टकर बिर्सने रहेछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page