महिला मात्रै शिक्षक रहेको बन्दीपुरकाे जनता आ वि मा व्यवस्थापन समिति अध्यक्ष सहित सबै महिला

महिला मात्रै शिक्षक रहेको बन्दीपुर गाउँपालिकाको जनता आधारभूत विद्यालयमा व्यवस्थापन समितिमा पनि सबै महिला चयन भएका छन् ।
यससँगै बन्दीपुरकाे आधारभूत विद्यालयमा सबैभन्दा धेरै विद्यार्थी संख्या समेत भएको जनता आ वि मा अब व्यवस्थापन समिति , शिक्षकहरू र कार्यालय सहयोगी समेत सबै महिला भएका छन् ।

बन्दीपुर गापा वडा नं १ काे उपल्लो फाँटमा रहेको उक्त विद्यालयमा व्यवस्थापन समिति अध्यक्षमा कविता चेपाङ चयन भएकी छन् । यसअघि नैं बिद्यालयमा प्र अ भगवती नैनावस्ती खनाल सहित सबै महिला रहेका थिए । बिद्यालयले पिछडिएको वर्गबाट कविता चेपाङलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेकाे हाे । विद्यालयमा झन्डै ९०% चेपाङका बाल बच्चा अध्ययनरत छन् ।


























