बन्दीपुरकाे बाहुनभञ्याङमा भएको झगडामा चिरपट प्रहारबाट खुसीमान गुरूङकाे मृत्यु
तनहुँकाे बन्दीपुर गा.पा. ५ बाहुन भञ्याङमा भएको झगडामा चिरपट प्रहारबाट खुसीमान गुरूङकाे मृत्यु भएको छ।
बर्ष ७० को खिम ब. गुरुङ र ऐ बस्ने बर्ष ५८ को खुसीमान गुरुङ मा.प.से. गरी झै-झगडा गर्दा खुसीमान गुरुङलाई चिरपटले टाउकोमा हानी घाइते बनाएकोमा उपचारको क्रममा उनको मृत्युु भएको प्रहरीले बताएको छ ।

चिरपट प्रहारबाट घाइते गुरुङलाई उपचारको लागि बन्दीपुर अस्पताल तनहुँ ल्याएको घाइतेको टाउको, दाहिने खुट्टामा चोट, अवस्था मध्यम, प्राथमिक उपचार पश्चात थप उपचारको लागि ऐ, २०:५५ बजेको समयमा मणिपाल अस्पताल पोखरा रिफर गरिएको थियो । घाइते गुरूङलाइ मणीपाल अस्पताल पोखरा लगेको मा CT-SCAN मेसीन बिग्रेकोले फिस्टेल अस्पताल पोखरा लगेकोमा उपचारको क्रममा ऐ.२२:५५ बजे डक्टर द्धारा मृत घोषणा गरिएको थियो । हाल शव गण्डकी अस्पताल पोखराको सब गृहमा राखीएको र कुटपिट गर्ने खिमबहादुर गुरुङ प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


























