तनहुँ प्रहरीको विद्यार्थीसंग १ दिने कार्यक्रममा ८० जना विद्यार्थीको सहभागिता

तनहुँ प्रहरीको विद्यार्थीसंग १ दिने कार्यक्रममा ८० जना विद्यार्थीको सहभागिता

जिल्ला प्रहरी कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र दमौलीको समन्वयमा मंगलबार प्रहरीको विद्यार्थीसंग १ दिने कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई साइबर अपराध,लागुऔषध,जेब्रा क्रसिडगर्दा ध्यान दिनुपर्ने लगायतका बिषयमा सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको हो ।

उक्त कार्यक्रममा दमौली मोडल एक्डमिकमा कक्षा ८ र ९ मा अध्यनरत ८० जना विद्यार्थीहरुलाई प्रहरी कार्यालयको सभाहलमा प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त सचेतनामूलक प्रशिक्षणकाे प्रहरी निरीक्षक शिव प्रसाद पाठकले प्रशिक्षण दिएका थिए । कार्यक्रममा तनहुँका प्रहरी प्रमुख एसपी टेकबहादुर कार्की,सामुदायिक सेवा केन्द्रका सचिव तारानरेश पौडेल लगायतकाे सहभागिता रहेकाे थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page